Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेससँग मिलेर फेरि लोकतन्त्र रक्षाका लागि लड्छौँ : पोखरेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र देशको परिवर्तनका लागि कांग्रेससँग फेरि मिलेर अघि बढ्नुपर्ने बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै पोखरेलले राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शासनविरुद्ध विगतमा कांग्रेस–एमाले मिलेर संघर्ष गरेको स्मरण गरे।

उनले अब पनि लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तनका लागि दुवै दलबीच सहकार्य आवश्यक रहेको बताए।

युवाका सपना पूरा गर्न पनि सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।


प्रतिकृया दिनुहोस्