Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एक्स्ट्रिमको ‘टिममा सन्दीपदेखि रोहितसम्म ९ क्रिकेटर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाली राष्ट्रिय क्रिकेट टोलीका नौ खेलाडीलाई आफ्नो ब्रान्डसँग जोड्दै ‘टिम एक्स्ट्रिम’ घोषणा गरेको छ।

कम्पनीसँगको सहकार्यमा सन्दीप लामिछाने, रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण केसी र लोकेश बम सहभागी भएका छन्।

सम्झौताअनुसार ती खेलाडीले प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्स्ट्रिमको लोगो राखिनेछ। उनीहरू कम्पनीका प्रचारात्मक अभियान, ब्रान्ड प्रवर्द्धन तथा विभिन्न खेलकुद गतिविधिमा समेत सहभागी हुनेछन्।

नेपाली क्रिकेटको प्रवर्द्धन, खेलाडीलाई प्रोत्साहन र युवापुस्तालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले सहकार्य गरिएको कम्पनीको भनाइ छ।

यसै अवसरमा एक्स्ट्रिमले नेपाल प्रिमियर लिग ९एनपीएल० का सात टोलीलाई समेटेर तयार पारिएको विशेष संस्करणको क्यानसमेत सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार एनपीएलसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त विशेष संस्करण ल्याइएको हो।

आगामी दिनमा क्रिकेटलगायत अन्य खेलकुद गतिविधिमा समेत सहकार्यलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।

 

 


प्रतिकृया दिनुहोस्