Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशनको बन्दसत्र भोलि, दिउँसो उम्मेदवारी दर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

१८ असाेज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र भोलि बिहान ९ बजे सुरु हुने भएको छ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने विधान मस्यौदा पनि छलफलका लागि पेस गरिनेछ।

महाधिवेशन प्रतिनिधिका लागि बिहान ७ः३० बजे
भृकुटीमण्डपमा ब्रेकफास्टको व्यवस्था गरिएको छ। बन्दसत्रपछि दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी दर्ता सुरु हुनेछ।

महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते तथा निर्वाचनसम्बन्धी कार्यक्रम असोज २१ र २२ गते सञ्चालन हुने कार्यतालिका छ।


प्रतिकृया दिनुहोस्