Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

१८ असोज, काठमाडौं । तनहुँको भानु नगरपालिका–१०, तल्लो मैदानमा आज  मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोही ठाउँका ४५ वर्षीय शंकर पाण्डे र ६५ वर्षीय टंकनीति पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग१९प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई थप उपचारका निम्ति अस्पताल पठाइएको थियो ।

छुट्टाछुट्टै अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रहरी निरीक्षक मनोज पाण्डेले जानकारी दिए ।

मोटरसाइकल चालक शंकरको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । टंकनीतिको उपचारका क्रममा प्रदेश अस्पताल लमजुङमा मृत्यु भएको उनले बताए ।


प्रतिकृया दिनुहोस्