Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाले केन्द्रीय कार्यालय सार्ने, नयाँ ठाउँमा जग्गा–घर खोज्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंको बनस्थलीमा रहेको आफ्नो केन्द्रीय कार्यालय अन्यत्र सार्ने निर्णय गरेको छ।

शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले नयाँ स्थानमा केन्द्रीय कार्यालय व्यवस्थापन गर्ने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

उनका अनुसार काठमाडौं उपत्यकामा पार्टीका लागि सहज हुने स्थानमा घर वा जग्गा खोजी गर्न सदस्य तथा शुभेच्छुकलाई आग्रह गर्ने निर्णय भएको छ।

आवश्यकताअनुसार घर वा जग्गा खरिद गर्ने विकल्पमा पनि पार्टीले खोजी अघि बढाउने भएको छ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै खरेलले हालको कार्यालयबाट अन्यत्र सर्नुपर्ने आवश्यकता महसुस भएकाले उपयुक्त स्थानको खोजी गर्न सदस्य तथा शुभेच्छुकलाई अनुरोध गरिएको बताए।

हाल रास्वपाको केन्द्रीय कार्यालय बनस्थलीमा सञ्चालन हुँदै आएको छ। जेनजी आन्दोलनपछि घरधनी भरतमणि देवकोटाले कार्यालय रहेको घर खाली गरिदिन पार्टीलाई आग्रह गरेका थिए।

 


प्रतिकृया दिनुहोस्