काठमाडौं । दसैँ मनाउन काठमाडौं उपत्यका छोड्नेको संख्या ५ लाख ७६ हजार नाघेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ३ गतेसम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत ५ लाख ७६ हजार ५७८ जना बाहिरिएका छन् ।
बाहिरिनेमा ३ लाख ४८ हजार ८२३ पुरुष र २ लाख २७ हजार ७५५ महिला छन् । चाडपर्व नजिकिएसँगै उपत्यकाका प्रमुख नाकामा यात्रुको चाप बढेको छ ।































