काठमाडौं । नेपालले ओमानलाई १० रनले पराजित गरेसँगै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको एसियन क्रिकेट काउन्सिल (एसीसी)ले जनाएको छ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा २८० रन बनाएको थियो। जवाफमा ओमानले ७ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो।
नेपालको जितपछि एसीसीले सामाजिक सञ्जालमार्फत महत्त्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले ओडीआई मान्यता जोगाएको उल्लेख गरेको छ।
यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले भने नेपालको ओडीआई मान्यता सुरक्षित भएको विषयमा छुट्टै औपचारिक घोषणा गरेको छैन।































