Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

क्यानडासँगको हारपछि नेपालको एकदिवसीय मान्यता संकटमा, ओमानसँग जित्नैपर्ने दबाब

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमै समेटियो।

नेपालका लागि अर्जुन कुमालले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। दीपेन्द्रसिंह ऐरीले २७ र गुल्सन झाले २१ रन जोडे।

यसअघि क्यानडाले युवराज सम्राको १०५ रनको मद्दतमा २५६ रन बनाएको थियो। नेपालका ललित राजवंशीले चार र सन्दीप लामिछानेले तीन विकेट लिए।

हारसँगै नेपाल २८ अंकसहित तालिकाको सातौँ स्थानमा झरेको छ। एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ मा रहनुपर्ने नेपालका लागि सोमबार ओमानविरुद्धको खेल निर्णायक बनेको छ।


प्रतिकृया दिनुहोस्