Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुक्खा खस्न थालेपछि बेनी–दरबाङ सडक बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकमा सुक्खा पहिरो खस्न थालेपछि स्थानीय प्रशासनले यातायात सञ्चालन बन्द गराएको छ ।

बेनी–नगरपालिका–४ र मंगला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा आजदेखि सुक्खा पहिरो खस्न थालेपछि जोखिम भएकाले बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरो खस्न रोकिएपछि सडक मर्मत गरेर यातायात सञ्चालन गरिने बताए । बेनी–दरबाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ ।

फापरखेतमा २०५८ मा सडकको मार्ग खोल्नुअघिदेखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । शनिबार यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ ।


प्रतिकृया दिनुहोस्