Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाललाई शीर्ष ६ मा पुग्ने मौका, आज क्यानडासँग भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

३१ असोज, काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुने खेल जिते नेपालले एक खेलअगावै शीर्ष ६ मा स्थान सुरक्षित गर्नेछ।

नेपालले शृङ्खलाका सुरुआती दुई खेल जितिसकेको छ। अंकतालिकामा नेपाल २८ अंकसहित छैटौँ स्थानमा छ भने क्यानडा २७ अंकसहित सातौँ स्थानमा छ।

नेपाल लगातार तेस्रो जितको खोजीमा रहँदा क्यानडालाई शीर्ष ६ को सम्भावना कायम राख्न जित आवश्यक छ।

नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले र दोस्रो खेलमा ओमानलाई ११३ रनले हराएको थियो। आजको खेलमा जित निकाले नेपाललाई अन्तिम खेलअघि सहज हुनेछ।


प्रतिकृया दिनुहोस्