Skip
आज : २०८३ कार्तिक ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पीडितको आँसु पुछ्दै दशैँ मनाऔँ : कांग्रेस सभापति थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ४ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै विपत्तिमा परेका परिवारसँग खुसी बाँड्न आग्रह गरेका छन्।

दशैँको शुभकामना सन्देश जारी गर्दै थापाले यस वर्ष राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा चाडपर्व मनाउनुपरेको उल्लेख गरेका छन्।

दुख र कठिनाइमा रहेका परिवारलाई सम्झँदै उनीहरूको पीडामा मलम लगाउन तथा एकअर्काको सहारा बन्न उनले आह्वान गरेका छन्।

थापाले यस पर्वले आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको दुःख बुझ्ने मानवीय संवेदना र समाजमा आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।

साथै उनले सबै नेपालीको सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै विजयादशमीको शुभकामना दिएका छन्।


प्रतिकृया दिनुहोस्