Skip
आज : २०८३ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौंमा क्रिकेटको विश्वकप छनोट प्लेअफ, डिसेम्बर ४ देखि सुरु हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ५ गते


Advertisement

५ कार्तिक, काठमाडौं । आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकप छनोटको प्लेअफ नेपालमा आयोजना हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौंमा सञ्चालन हुनेछ।

प्रतियोगितामा विश्वकप लिग–२ को अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग ‘ए’ र ‘बी’का शीर्ष दुई-दुई टोली गरी आठ टोली सहभागी हुनेछन्।

प्लेअफबाट शीर्ष चार स्थान हासिल गर्ने टोलीले सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय क्रिकेट विश्वकपको क्वालिफायर्समा स्थान बनाउनेछन्।

 


प्रतिकृया दिनुहोस्