Skip
आज : २०८३ कार्तिक ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दशैका दिनै मोटरसाइकल दुर्घटनामा बाबु- छाेराकाे मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ५ गते


Advertisement

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–२, भूमेकाथानमा लु६४प ७४७१ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा भूमिकास्थान–८ का अन्दाजी ६२ वर्र्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

छोराको नाम खुलिसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्