Skip
आज : २०८३ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कर्णाली याक्समा बंगलादेशी खेलाडीको साथ, अरिफुल र अकबर नेपाल आइपुगे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ६ गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न कर्णाली याक्समा अनुबन्ध भएका बंगलादेशका दुई क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल आइपुगेका छन्।

बंगलादेशको यू–१९ टोलीबाट विश्वकप खेलिसकेका अरिफुलले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए।

उनले सात खेलमा २१९ रन बनाउँदै प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थान हासिल गरेका थिए। उक्त प्रतियोगितामा उनले दुई अर्धशतकसमेत प्रहार गरेका थिए। उनी यसअघि बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट खेलेका थिए।

त्यस्तै, २४ वर्षीय अकबर अली सन् २०२० मा बंगलादेशलाई पहिलोपटक आईसीसी यू–१९ विश्वकपको उपाधि दिलाउने टोलीका कप्तान हुन्। दक्षिण अफ्रिकामा आयोजित प्रतियोगिताको फाइनलमा बंगलादेशले भारतलाई तीन विकेटले हराउँदै उपाधि जितेको थियो।

कर्णाली याक्सले यस सिजनका लागि अरिफुल र अकबरसहित चार विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। टोलीमा स्कटल्यान्डका मार्क वाट र पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि रहेका छन्।

कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णाली याक्सले कात्तिक १० गते जनकपुर बोल्ट्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।


प्रतिकृया दिनुहोस्