Skip
आज : २०८३ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बडादसैँको रौनक कायमै, तेस्रो दिन पनि टीका र जमरा लगाउने क्रम जारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ६ गते


Advertisement

काठमाडौं । बडादसैँको टीका र जमरा लगाउने क्रम आज शुक्रबार पनि जारी रहेको छ। विजयादशमीको मुख्य दिन टीका लगाउन नभ्याएका सर्वसाधारणले आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर टीका र जमरा लगाउँदै दसैँ मनाइरहेका छन्।
नवदुर्गाको प्रसादका रूपमा मानिने रातो टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने परम्परा नेपाली समाजमा रहँदै आएको छ। विजयादशमीको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म टीका र जमरा लगाउने चलन छ।
दसैँको टीका लगाउने, लगाइदिने तथा आशीर्वाद आदानप्रदान गर्ने क्रम जारी रहँदा काठमाडौंमा समेत चहलपहल बढ्न थालेको छ। आफन्तसँग भेटघाट गर्दै खुसी साटासाट गर्ने क्रमले दसैँको उल्लासलाई निरन्तरता दिएको छ।


प्रतिकृया दिनुहोस्