काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन्।
शुक्रबार पारिवारिक तीर्थाटनका लागि भारत गएका लामिछानेको तीनदिने भ्रमण तालिका रहेको उनको निजी सचिवालयले जनाएको छ।
भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा परिवारसहित पूजाअर्चना गर्ने कार्यक्रम छ।
तीर्थयात्राका लागि भारत जानुअघि लामिछाने धनगढी पुगेका थिए। उनको भ्रमण पूर्णतः पारिवारिक तीर्थाटनका लागि तय गरिएको सचिवालयले जनाएको छ।





























