काठमाडौं । बुढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बनेको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडकखण्डअन्तर्गत बेनिघाटदेखि तातोपानीसम्मको सडक पुनः सञ्चालनमा आएको छ ।
खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण गरेपछि सडक खुलाइएको पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले जानकारी दिएका छन्।
सडक सञ्चालनमा ल्याउन बाढीले थुपारेका ढुंगा, माटो तथा गेग्रान हटाइएको छ। त्यसपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने कामसमेत सम्पन्न भएको उनले बताए ।
मन्त्री लाम्सालका अनुसार अब सडकलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न स्तरोन्नतिसम्बन्धी आवश्यक अध्ययन र रेखाङ्कन गरिनेछ। त्यसपछि सडकको स्थायी निर्माण कार्य अघि बढाइनेछ।































