Skip
आज : २०८३ कार्तिक १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

साइबर सुरक्षा जोखिम बढेपछि सरकारको एड्भाइजरी, सरकारी वेबसाइट सुरक्षित बनाउन निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १२ गते


Advertisement

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारी निकायहरूलाई सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न निर्देशन दिएको छ।

केन्द्रले नोड डट जेएस रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको जनाउँदै सम्बन्धित प्रणालीमा प्रयोग भइरहेको संस्करण जाँच गरी नयाँ संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको हो।

केन्द्रका अनुसार यस्ता कमजोरीको दुरुपयोग भएमा प्रणालीमा अनधिकृत पहुँच, सेवा अवरुद्ध तथा प्रणालीमाथि अनधिकृत नियन्त्रण कायम हुने जोखिम रहन्छ।

त्यस्तै, सरकारी वेबसाइटमा वैध एसएसएलरटिएलएस प्रमाणपत्र प्रयोग गर्न, एचटीटीपीएसमार्फत मात्र वेबसाइट सञ्चालन गर्न तथा सुरक्षा प्रमाणपत्रको म्याद नियमित जाँच र नवीकरण गर्न निर्देशन दिइएको छ।

केन्द्रले संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पत्राचार गर्दै वेबसाइटको सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

नागरिकका व्यक्तिगत विवरण र संवेदनशील सूचना सुरक्षित राख्दै सरकारी वेबसाइटलाई साइबर आक्रमणबाट जोगाउन आवश्यक सुरक्षा व्यवस्था लागू गर्नुपर्ने केन्द्रले जनाएको छ।


प्रतिकृया दिनुहोस्