काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपात हुन सक्नेछ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ।
त्यस्तै, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।
शुक्रबार पनि देशका अधिकांश स्थानमा बादल लाग्ने तथा विभिन्न प्रदेशमा वर्षा र हिमपात हुने अनुमान गरिएको छ।































