काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले आज दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयमा आकस्मिक नीति समन्वय समिति (पीसीसी) बैठक बोलाएका छन्।
बैठकमा सातै प्रदेशका प्रहरी प्रमुख डीआईजीसहित काठमाडौं उपत्यकाभित्र कार्यरत एसएसपीहरूलाई समेत सहभागी हुन बोलाइएको छ।
सामान्यतया उपत्यकाभित्रका डीआईजी र एआईजी मात्रै सहभागी हुने बैठकमा यसपटक उपत्यकाबाहिरका डीआईजी र एसएसपीलाई समेत समेटिएको हो।
प्रहरी संगठनको नीति तथा सामूहिक धारणा तय गर्न बस्ने बैठकमा यसपटक मुख्य रूपमा शान्ति सुरक्षाको अवस्थाबारे छलफल हुने बताइएको छ।
पछिल्लो समय आईजीपी कार्की र सरकारबीच सम्बन्ध बिग्रिएको तथा प्रधानमन्त्रीले उनलाई पदबाट हटाउन चाहेको भन्ने चर्चा सार्वजनिक भइरहेका बेला बोलाइएको यस आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ।।































