Skip
आज : २०८३ कार्तिक ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इरानी राष्ट्रपति र कतारी अमिरबीच भेटवार्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ११ गते


Advertisement

तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मस्कोमा आयोजित ऊर्जा मञ्चका क्रममा कतारका अमिर तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गरेका इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

इरानी सरकारी टेलिभिजनका अनुसार भेटवार्तामा तेहरान र दोहाबीचको वर्तमान सम्बन्धको समीक्षा गरिएको थियो । दुवै पक्षले राजनीतिक तथा आर्थिक सम्बन्ध थप सुदृढ बनाउने र द्विपक्षीय सहयोग विस्तारका सम्भावनाको उपयोग गर्ने विषयमा जोड दिएका थिए ।

भेटवार्तामा मध्यपूर्वमा जारी युद्धबारे छलफल भएको भने सरकारी सञ्चारमाध्यमको विवरणमा उल्लेख छैन । फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि सुरु भएको युद्धका क्रममा इरानले कतारलगायत क्षेत्रका विभिन्न स्थानमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो ।

मस्कोमा आयोजित ग्यास निर्यात गर्ने देशहरूको मञ्चको शिखर सम्मेलनका क्रममा दुई नेताबीच भेटवार्ता भएको हो । कतारले पछिल्ला महिनाहरूमा मध्यपूर्वमा फैलिएको युद्ध अन्त्य गर्न विभिन्न कूटनीतिक तथा मध्यस्थताका प्रयासमा सहभागिता जनाउँदै आएको छ ।

राष्ट्रपति पेजेस्कियनले मंगलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ ।

यसअघि अक्टोबरको सुरुमा राष्ट्रपति पुटिनले मध्यपूर्वको युद्ध अन्त्य गर्न गरिने मध्यस्थताका प्रयासमा रुस सहभागी हुन तयार रहेको बताएका थिए ।


प्रतिकृया दिनुहोस्