काठमाडौं । भारतको आसाम राज्यस्थित गुवाहाटीमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार घटना गएराति होटल बिलास इन नजिकै कल्याण ज्वेलर्स आसपासको क्षेत्रमा भएको हो। घाइते हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। उनीहरूको उपचार भइरहेको छ।
गोलीबारी हुनुको कारण खुल्न सकेको छैन। घटनामा ज्यान गुमाउनेहरूको पहिचानसमेत खुल्न बाँकी रहेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।































