Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एनपीएलमा आज २ खेल हुँदै, विराटनगर र चितवनबीच पहिलो भिडन्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १० गते


Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज भिड्दा दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्।

पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर र कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुवै टोली जितका साथ प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छन्।

यसअघिका दुई सिजन खेलाडीका रूपमा खेलेका सोहेल तनविर यसपटक चितवनको प्रशिक्षकका रूपमा छन्।

आजै हुने दोस्रो खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।

दुवै टोली जित निकाल्दै प्रतियोगितामा बलियो सुरुवात गर्ने लक्ष्यमा छन्।


प्रतिकृया दिनुहोस्