Skip
आज : २०८३ कार्तिक १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसबाट टाढिएका १० लाखलाई जोड्ने गगनको लक्ष्य, हारेकालाई पनि जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, ९ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र आन्तरिक प्रतिस्पर्धामा पराजित भएका नेता तथा कार्यकर्तालाई पनि क्षमताअनुसार जिम्मेवारी दिने बताएका छन्।

स्याङ्जामा आयोजित स्वागत तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै थापाले पार्टीमा पद नपाएका कारण कसैलाई पनि भूमिकाविहीन बनाएर राख्न नहुने बताए।

काम गर्ने इच्छा र क्षमता भएका सबैलाई पार्टीको विधानअनुसार जिम्मेवारी दिइने उनको भनाइ छ।

उनले कांग्रेसबाट टाढिएका करिब १० लाख मानिसलाई पुनः पार्टीसँग जोड्ने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए।

आगामी मंसिरभित्रै विगतमा कांग्रेसमा रहेका तर अहिले टाढिएका परिवार तथा मतदाताको घरदैलोमा पुग्न उनले नेता–कार्यकर्तालाई आग्रह गरे।

थापाले अब आन्तरिक प्रतिस्पर्धामा अल्झिनुभन्दा संगठन सुदृढीकरण र जनताको विश्वास जित्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।

साथै, युवापुस्ताका अपेक्षा सम्बोधन गर्दै कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने उनले बताए।


प्रतिकृया दिनुहोस्