काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गलत काम गर्नेहरूलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सही समय आएपछि सबैको गलत समय सुरु हुने बताएका हुन् ।
‘सही समय आएपछि सबैको गलत समय आउँछ । एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ,’ उनले लेखेका छन् ।
प्रधानमन्त्री बालेनको यो अभिव्यक्तिलाई गलत काम गर्नेहरूलाई लक्षित चेतावनीका रूपमा हेरिएको छ ।


























