Hamro Sanchar

विद्यालय स्वास्थ्य कार्यक्रम : मिनिल्याण्ड स्कुलका ११ सय बढी विद्यार्थीको परिक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २४ गते


काठमाडौं, जेठ २४- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-५ थलीमा रहेको मिनिल्याण्ड इंगलिस स्कुलका ११ सयभन्दा बढी विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ ।

‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत स्वास्थ्य शाखाले बुधबार, बिहिबार र शुक्रबार आयोजना गरेको कार्यक्रममा ११ सय २४ जना छात्र-छात्रालाई बिशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

फोकलपर्सन तिर्थ बोहराकाअनुसार उक्त संख्या मध्ये ओपिडी सेवा एक हजार ८५ जनाले लिएका छन् भने दन्त सेवा एक हजार ७३, आँखा जाँच एक हजार ५३, मनोपरामर्श सेवा १७ जनाले लिएका छन् ।

कार्यक्रममा विद्यार्थीको स्वास्थ्य अवस्थाअनुसार औषधी वितरण पनि गरिएको थियो ।

नगरपालिकाले यसै बर्षदेखि सामुदायिक विद्यालय बाहेक संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पनि स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्कीले निरीक्षण गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस्