Hamro Sanchar

मुलपानीको रायोको साग खान योग्य रहेको पुष्टि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, ३० गते


काठमाडौं, माघ ३०- कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानी क्षेत्रको रायोको साग खान योग्य रहेको पुष्टि भएको छ । केन्द्रिय कृषि प्रयोगशाला हरिहरभवन, कालिमाटी फलफुल तथा तरकारी बजार विकास समिति र नगरपालिकाको संयुक्त अनुगमनका क्रममा संकलन गरिएका नमुनाहरुको परिक्षण गर्दा त्यस क्षेत्रमा किसानले उत्पादन गरेका रायोको साग खान योग्य रहेको पुष्टि भएको हो ।

अनुगमन टोलीले किसानले लगाएका कालो मार्फा, चम्सुर साग, पालुंगोको साग, काउली, बन्दा र गाँजरको विषादी परिक्षण गरेको थियो ।

यसअघि विषादी भेटिएपछि किसानले उत्पादन गरेको रायोसाग बिक्नै छोडेको भन्दै समाचार आएका थिए । त्यसलगत्तै नमुना संकलन गरि परिक्षण गरिएको थियो ।

भेटिन छाड्यो विषादी

पछिल्ला दिनमा सागमा कुनै विषादी नदेखिएको केन्द्रीय कृषि प्रयोशालाका बाली संरक्षण अधिकृत महेश तिमिल्सिनाले जानकारी दिए ।

९ माघमा थिमि र १० मा कागेश्वरी मनोहरा थलीमा कार्यक्रम गरिएको थियो । त्यहाँ खेती गरिएको सागबाट नमुना ल्याएर परीक्षण गर्दा विषादी नदेखिएको तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार थिमिबाट १० र कागेश्वरी मनोहराबाट ११ वटा नमुना लिएर परीक्षण गर्दा विषादी देखिएको थिएन ।


प्रतिकृया दिनुहोस्