Hamro Sanchar

मुलपानीमा भोलि निशुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ३० गते


काठमाडौं, जेठ ३०- कागेश्वरी मनोहरा नगरपालिका-६ मा भोलि ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत स्वास्थ्य सेवा कार्यक्रम हुने भएको छ ।

वडा कार्यालयका अनुसार पहिलो चरणको कार्यक्रम राष्ट्रिय निर्माण माध्यमिक विद्यालय परिसरमा हुनेछ ।

वडा कार्यालयले वडामा बसोबास गर्ने ६० बर्ष वा सो भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई सेवा लिन आउनु हुन वडा कार्यालयले अनुरोध गरेको छ ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श लगायतका सेवाहरु नि:शुल्क उपलब्ध हुनेछन् ।

यस्तै दोश्रो चरणको कार्यक्रम छिट्टै उपयुक्त समय तोकेर गरिने बताइएको छ ।


प्रतिकृया दिनुहोस्