
काठमाडौं, जेठ २६- कागेश्वरी मनोहरा नगरपालिका-१ को गागलफेदीमा संचालित ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ मा १ सय २९ जेष्ठ नागरिक लाभान्वित भएका छन् ।
गागलफेदीस्थित श्री बालउद्धार माध्यमिक विद्यालयमा शनिबार संचालित कार्यक्रममा एक सय जनाको सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो भने ५८ जनाको आँखा जाँच, दन्त जाँच ६४, अर्थोपेडिक जाँच ५२, फिजियो थेरापी ३७, मनोपरामर्श सेवा १०, सुगर/प्रेसर जाँच १ सय १३, इसीजी ३६, युएसजी ३७, इको सेवा २८ जना र औषधी वितरण ९७ जनालाई गरिएको थियो ।
शिविरमा मुटु रोग विषेशज्ञ डाक्टर रोशन कुमार झालगायतको स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेको हो ।