Hamro Sanchar

विद्यालय स्वास्थ्य कार्यक्रम : आदर्श माविमा छ सय बढी विद्यार्थीको परिक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, २० गते


काठमाडौं, जेठ २०- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-३ भद्रबासमा रहेको श्री आदर्श माध्यमिक विद्यालयका ६ सयभन्दा बढी विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको छ ।

‘विद्यालय स्वास्थ्य कार्यक्रम’ अन्तर्गत स्वास्थ्य शाखाले सोमबार र मंगलबार आयोजना गरेको कार्यक्रममा ६ सय ५ जना छात्र-छात्रालाई बिशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गरिएको हो ।

उक्त संख्या मध्ये ओपिडी सेवा ५ सय ५३ जनाले लिएका छन् भने दाँत सेवा ५५४, आँखा जाँच ५०५, मनोपरामर्श सेवा १८ जनाले लिएका छन् ।

कार्यक्रममा विद्यार्थीको स्वास्थ्य अवस्थाअनुसार औषधी वितरण पनि गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई आकस्मिक स्वास्थ्य शिक्षा र विद्यालयमा तथा दैनिक जीवनमा हुन सक्ने विभिन्न आकस्मिक घट्नाहरुको न्युनिकरण र प्राथामिक रोकथाम गर्ने बिषयमा चेतनामूलक प्रशिक्षण पनि दिइएको थियो ।

विद्यालयमा गरिएको कार्यक्रम अत्यन्तै प्रभावकारी तथा प्रयोगमुलक भएको विद्यालयले बताएको छ । कार्यक्रममा नगर-उपप्रमुख शान्ता थापा, स्वास्थ्य शाखा प्रमुख तुलाजा लामा, वडा सदस्य सुनकुमार नगरकोटी, महिला स्वयंसेविका, विद्यालय शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


प्रतिकृया दिनुहोस्