
काठमाडौं, जेठ १०- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ८ तेजबिनायक चोकमा प्रजनन स्वास्थ्य रुग्णताको स्कृनिङ्ग तथा व्यवस्थापन सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा परिवार नियोजन संघ उपत्यका शाखाको प्राविधिक सहयोगमा शुक्रबार स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
३० वर्षमाथि उमेर समुहका महिलाहरुलाई प्रजनन स्वास्थ्य रुग्णता अन्तर्गत महिलाहरुको पाठेघरको मुखको क्यान्सरसम्बन्धी भिआईए, स्तन क्यान्सरको स्कृनिङ, बाँझोपन सम्बन्धि परामर्श, फिस्टुला जाँच, आङ खसेको महिलाहरुमा पेसरी राख्ने तथा प्रजनन सम्बन्धी समस्या भएकाहरुलाई उपचार तथा परामर्श गरिएको थियो ।
शिविरबाट २ सय ४७ जना महिलाहरुले सेवा लिएका थिए । जसमा सबै महिलाको भिआईए टेस्ट गरिएकोमा कुनैपनि महिलामा भिआईए पोजेटिभ नदेखिएको हो ।
यद्यपी महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क औषधी वितरण गरिएको थियो ।
उक्त कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की, नगर उपप्रमुख शान्ता थापालगायत जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।