Hamro Sanchar

कागेश्वरी मनोहराले दियो चाँगुनारायण नगरपालिकालाई १० लाख बराबरको स्वास्थ्य उपकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ बैशाख, १० गते


काठमाडौं, बैशाख १०- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले भक्तपुरको चाँगुनारायण नगरपालिकालाई १० लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

कागेश्वरी मनोहराका नगरप्रमुख उपेन्द्र कार्कीले चाँगुनारायणका नगरप्रमुख जीवन खत्रीलाई १० लाख बराबरको एक थान क्लिया एनालाइजर मेसिन र रिएजेन्ट (जसको हिसाब गरिएको छैन) बुधबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

कागेश्वरी मनोहरा नगर अस्पतालमा सेरो ल्यावसंगको सहकार्यमा अत्याधुनिक ल्याव सेवा शुरु भएको छ । कागेश्वरीले आफुसँग भएको एक थान क्लिया एनालाइजर मेसिन चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।

नगर अस्पतालमा भएको हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेल, मेडिकल सुपरिटेन्डेन अनमिका सिंह, चाँगुनारायणका तर्फबाट नगरप्रमुख खत्रीसहित अस्पतालका कार्यकारी निर्देशक अर्जुन कार्कीसहित स्वास्थ्यसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरीका नगरप्रमुख कार्कीले स्वास्थ्यसँग सम्बन्धित सामाग्री हस्तान्तरण गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले चाँगुनारायणका प्रमुख मार्फत खत्रीमार्फत त्यहाँका सम्पूर्ण नगरवासीको स्वास्थ्य लाभको कामना गरे ।

अस्पताललाई भौतिक पूर्वाधार सम्पन्न बनाई उच्चस्तरको सेवा प्रदान गर्न नगरपालिकाले पूर्ण सहयोग गर्दै आएको र आगामी दिनमा अझ प्रविधिमैत्री, सेवालाई चुस्त बनाउँदै लैजाने बताए । नगरप्रमुख कार्कीले जनताले प्रतक्ष्य देखिने गरि पाउने सेवा स्वास्थ्य नै भएकाले आफुहरुले स्वास्थ्य क्षेत्रमा सक्दो रकम खर्च गरेको बताए ।

यस्तै कार्यक्रममा चाँगुनारायणका प्रमुख खत्रीले आगामी दिनमा दुई नगरपालिकाबीचको सम्बन्धलाई थप मजबुत पार्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कागेश्वरीका प्रमुख आफ्नो राजनीतिक रुपमा अग्रज भएको बताउदै राम्रा कामहरुको अनुसरण गर्ने र नगरपालिकामा लागु गर्ने बताए ।

यसअघि पनि कागेश्वरी मनोहरा नगरपालिकाले रामेछापको मन्थली नगरपालिकालाई ६० लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको थियो ।

नगरपालिकाले सोडियम पोटासियम एनालाइजर मेसिन एक सेट, बायोकेमेष्ट्री एनालाइजर (फुल अटोमेटिक) एक सेट, D.I. प्लान्ट मेसिन एक सेट, अटो हेमाटोलोगी अनालाइजर मेसिन एक सेट, क्रोमा आईआई एनालाइजर पिओसिटी अनालाइजर मेसिन एक सेट गरेर हालको बजार मुल्यअनुसार ३९ लाख ५० हजार रुपियाँ बराबरको स्वास्थ्य उपकरण र रिएजेन्ट गरेर ६० लाख बराबरको सहयोग गरेको हो ।


प्रतिकृया दिनुहोस्