
काठमाडौं । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले पदबाट राजीनामा दिएका छन्।
स्वास्थ्य बिमा चलाउन सरकारको सहयोग मागेका काफ्लेले आज स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाएका हुन्।
उनले सरकारको सहयोग बिना बिमा कार्यक्रम चलाउन नसक्ने जनाउदै आएका थिए। अस्पतालहरुलाई ११ अर्ब रकम भुक्तानी गर्न बाकीँ भएपछि बोर्डले सरकारलाई गुहारेको थियो।
बिमा बोर्डले भुक्तानी रकम दिन नसकको भन्दै ठूला सरकारी अस्पतालहरुले हाल धमाधम बिमा कार्यक्रम बन्द गरिरहेका छन्।

















