Skip

Hamro Sanchar

काठमाडौं जिल्लामै कागेश्वरी मनोहराले दियो ‘पाम्स भी टु’ सम्बन्धी कर्मचारीलाई तालिम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २२ गते


काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुलाई औषधी तथा औषधीजन्य समानहरुको ‘पाम्स भी टु’ संचालन सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको उक्त तालिममा स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्यकर्मी र स्टोर हेर्ने गरि २५ जनाले सहभागिता जनाएका थिए ।

आर्थिक बर्ष २०८२/८३ देखि ELMIS सफ्टवेयर बन्द भएपछि ‘पाम्स भी टु’ सफ्टवेयरबाट स्टोर ब्यबस्थापन सम्बन्धि कार्य अनिवार्य संचालन गर्नुपर्ने भएपछि तालिम प्रदान गरिएको स्वास्थ्यतर्फ स्टोर प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिईन् ।

कागेश्वरी मनोहरा नगरपालिका यस किसिमको तालिम प्रदान गर्ने काठमाडौं जिल्लामै पहिलो पालिका हो ।

तालिमको उद्घाटन गर्दै प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले स्टोरमा रहेको सामानको निरीक्षण गर्न, माग र आपूर्ति हेरेर कार्यसम्पादन गर्न, नगरदेखि वडासम्म मौज्दात रहेका भौतिक वस्तु, सामान तथा औषधि उपकरणको अवस्थाबारे जानकारी दिन पाम्स उपयोगी हुने बताए ।


प्रतिकृया दिनुहोस्