Skip

Hamro Sanchar

लक्ष्मीनारायण सहकारीको स्थापना दिवसमा ६१ जनाले गरे रक्तदान

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, ७ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ बाबाचोकमा रहेको लक्ष्मीनारायण बचत तथा ऋण सहकारीले १८औं स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार सम्पन्न रक्तदान कार्यक्रममा ६१ जना दाताले रक्तदान गरेका छन् ।

सहकारीले स्थापना दिवसको अवसर बिहान आफ्नो कार्यालयमा पुजा गरेर रक्तदान कार्यमा समाहित भएको थियो ।  उक्त रक्तदान कार्यक्रममा सहकारीका सेयर सदस्य, संचालक समिति सदस्यहरु तथा यस क्षेत्रमा बसोबास गर्ने ६१ जनाले रक्तदान गरेका हुन् ।

नेपालमा कुल जनसंख्याको ० दशमलव ८ प्रतिशतले मात्र रक्तदानन गर्ने गरेका छन् । त्यसमा पनि धेरैले नियमित रक्तदान गर्दैनन् । उक्त संख्यामध्ये करिब १७ प्रतिशत महिला र पुरुष ८३ प्रतिशत छन् । त्यसैले रगतदाताहरुको कमि भइरहेको गुनासो आएका बेला संस्थाले समन्वयात्मक भूमिका खेली रक्तदान जस्तो महान कार्यको आयोजना गरेको अध्यक्ष शंकर थापाले बताए ।

हाल नेपालमा दैनिक १ देखि २ लाख ‘पिन्ट’ रगतको अभाव हुने गरेको बुझिएको छ त्यसैको परिपूर्तिका लागि आफुहरुले यस्तो कार्य गरेको अध्यक्ष थापाको भनाई छ ।


प्रतिकृया दिनुहोस्