Skip
आज : २०८३ कार्तिक १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

५९ बिघा जग्गा प्रकरणमा नेपाल र रिजालसहित ९७ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १७ गते


Advertisement

काठमाडौँ । सुनसरीको इटहरीस्थित एक उद्योगको जग्गा बिक्रीसम्बन्धी विवादले पूर्वप्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्मलाई कानुनी कठघरामा पुर्‍याएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र कांग्रेस नेता डा. मिनेन्द्र रिजालसहित ९७ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विवादको केन्द्रमा छ, इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा। कम्पनीको नाममा रहेको अतिरिक्त जग्गा सट्टापट्टाको बाटोबाट बिक्री गरिएको विषयमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

आयोगले तत्कालीन प्रधानमन्त्री नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले नै उक्त जग्गा सट्टापट्टा गर्न स्वीकृति दिएर बिक्रीको बाटो खुलाएको आरोप लगाएको छ। मन्त्रिपरिषद्को निर्णयबाट ५९ बिघा ९ कट्ठा जग्गा सट्टापट्टा गर्न अनुमति दिइएको अख्तियारको दाबी छ।

मंगलबार विशेष अदालतमा मुद्दा दर्ता भएको हो। अदालतकी सूचना अधिकारी पार्वती हितानले ९७ जनाविरुद्ध मुद्दा दर्ता भएको पुष्टि गरेकी छन्।


प्रतिकृया दिनुहोस्