Hamro Sanchar

कागेश्वरी मनोहरामा औलो रोगका एक बिरामी फेला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १ गते


Advertisement

काठमाडौं, मंसिर १- कागेश्वरी मनोहरा नगरपालिकामा औलो (मलेरिया) रोगका एक बिरामी भेटिएका छन् । नगरपालिकाको वडा नम्बर-७ बाह्रसटर भन्ने स्थानमा बस्ने १२ बर्षिय बालकमा औलो भेटिएको पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख तुलजा लामाले जानकारी दिइन् ।

औलो पुष्टि भएपछि स्वास्थ्य कार्यालय टेकुको टिमसहित शुक्रबार बिरामी बस्ने घर तथा छिमेकीको २८ वटा नमुना जाँच गरिएको थियो । तर अन्यमा औलो नदेखिएको बताइएको छ ।

बिरामी बालक सैनिक अस्पतालमा उपचारत रहेका छन् ।

राष्ट्रिय औलो रोग निवारण कार्यक्रमअन्तर्गत नेपाल सरकारले नेपालमा सन् २०२५ सम्ममा औलो निवारण गर्ने लक्ष्य लिएको छ । तर देशका धेरै जिल्लामा औलो रोग नियन्त्रणमा आउन नसक्दा सरकारलाई चुनौती थपिएको छ ।

सामान्यतया औलो रोग परजिबी भएको लामखुट्टेले टोकेको १०-१५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने, असजिलो महशुुस हुने जस्ता सामान्य लक्षणहरु देखा पर्दछन् । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरिरका महत्वपूर्ण भित्री अङ्गहरु फियो, कलेजो सुनिने, शरिरमा रगतको मात्रा कमी हुने तथा परजिबीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने गर्दछन् ।

पोथी एनोफेलेस जातिको लामखुट्टेले टोकेपछि सर्ने भएकोले लामखुट्टेको टोकाइबाट बच्न स्थानीयलाई स्वास्थ्यकर्मीको सुझाब छ ।


प्रतिकृया दिनुहोस्