Skip

Hamro Sanchar

कागेश्वरी मनोहराको भद्रबासमा बर्ड फ्लु पुष्टि, २,७०० कुखुरा नष्ट

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १४ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–३ स्थित भद्रबासको बढिमालिका कुखुरा फर्ममा आज बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ।

भटमासे चोकबाट बीपीचोक जाने सडकखण्डमा रहेको उक्त फर्ममा संक्रमण पुष्टि भएपछि त्यहाँ पालिएका करिब २,७०० वटा जीवित लेयर्स कुखुरा नष्ट गरिएको छ।

यसअघि पनि सोही वडाको थापा डाँडा क्षेत्रमा बर्ड फ्लुको संक्रमण देखिएको थियो। संक्रमण थप फैलिन नदिन सम्बन्धित निकायले आवश्यक नियन्त्रण तथा रोकथामका उपायहरू लागू गरेको छ।

यस सम्बन्धी जानकारी सुनकुमार नगरकोटीले दिएका हुन्। उनले स्थानीयवासीलाई कुनै पनि शंकास्पद रूपमा बिरामी वा मरेका पन्छी देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन र आधिकारिक स्वास्थ्य तथा पशु सेवा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।

हाल विभिन्न स्थानमा संक्रमणका घटना देखिएकाले काठमाडौंलाई बर्ड फ्लुको हट स्पटका रूपमा हेरिएको छ।


प्रतिकृया दिनुहोस्