Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मुलपानी नगर अस्पतालमा भोलि ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, १ गते


Advertisement

काठमाडौं, जेठ ३२- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मा शनिबार(भोलि) मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम हुने भएको छ ।

‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’को बार्षिक कार्यक्रम अन्तर्गत मुलपानी नगर अस्पतालमा उक्त कार्यक्रम हुने भएको हो ।

ज्येष्ठ नागरिकको सम्मान गर्दै विशेषज्ञसहितको स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिँदै वडाअध्यक्ष प्रकाश फुयालले वडामा बसोबास गर्ने ६० बर्ष वा सो भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई उमेर खुल्ने कागजात, यसअघि औषधी खाने गरेका वा जाँच गराइरहेको भए सो को रिपोर्टसहित सेवा लिन आउनु हुन अनुरोध गरेका छन् ।

स्वास्थ्य कार्यक्रममा सामान्य स्वास्थ्य परिक्षण (सुगर, प्रेसर र अन्य), आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, इको, इसीजी, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवाहरु नि:शुल्क उपलब्ध हुने मुलपानी नगर अस्पतालले जानकारी गराएको छ ।

स्वास्थ्य सेवा कार्यक्रम बाबाचोकस्थित मुलपानी नगर अस्पतालमा बिहान १० बजदेखि ४ बजेसम्म संचालन हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्