Hamro Sanchar

कांग्रेसले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर ‘स्यालहुँइया’ मच्चायो : ओली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ३१ गते


Advertisement

भक्तपुर, जेठ ३१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन् ।

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए । उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताए ।

उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे । उनले अहिले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताए ।

कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनको अरोप छ । उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए ।


प्रतिकृया दिनुहोस्