Hamro Sanchar

कृत्रिम आँखा राखेपछि मेनुकाको पहिलो तस्बिर सार्वजनिक, अब देख्छिन् त आँखा ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २९ गते


Advertisement

काठमाडौँ, जेठ २९- गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेपछि आफ्नो पहिलो तस्बिर सार्वजनिक गरेकी छन् । उनले गत वैशाखमा तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी थिइन् ।

कृत्रिम आँखाले देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनको भनाई छ । ‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । यो अपरेसन पछि आँखा देख्ने जस्तो देखिन्छ’, मेनुकाले भनेकी थिइन्,‘दुबैमा राखेपछि कालो चस्मा लगाउनुपर्दैन ।’ मानिसलाई हेरिरहेको जस्तो देखिएपनि आफूले भने देख्न नसक्ने उनले खुलाइन् ।


प्रतिकृया दिनुहोस्