Hamro Sanchar

वर्ड फ्लुका कारण पहिलो पटक एक पुरुषको मृत्यु

एजेन्सी प्रकाशित : २०८१ जेठ, २४ गते


Advertisement

काठमाडौँ, जेठ २४- पछिल्लो समय कोरोना भन्दा पनि खतरनाक भनिएको वर्ड फ्लुका कारण एक जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएअनुसार मेक्सिकोमा एक जना ५९ वर्षका पुरुषको मृत्यु भएको छ । ती व्यक्तिमा एच५एन१ भाइरस (एभियन इन्फ्लुएन्जा) कसरी सर्‍यो भन्ने चाँहि डब्ल्यूएचओले बताएको छैन । ती पुरुषलाई ज्वरो आएको, सास फेर्न समस्या, पखाला लाग्ने जस्ता लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पहिला देखि नै क्रोनिक किड्नी फेलियर, मधुमेह र उच्च रक्तचाप जस्ता रोग पनि थिए ।

अमेरिकाको कयौँ सहरमा गाई र गाईको दूधको माध्यमबाट मान्छेमा वर्ड फ्लु सरेको मामिलाहरू सार्वजनिक भइरहेका छन् । भारतसमेत विश्वका अन्य कयौँ देशमा पनि सङ्क्रमण फैलिरहेको छ ।


प्रतिकृया दिनुहोस्