Hamro Sanchar

बौद्धनाथ क्षेत्र विकास समितिले छुट भएका जेष्ठ नागरिकका लागि पुन: स्वास्थ परिक्षण गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, १९ गते


काठमाडौं, जेठ १९- श्री बौद्धनाथ क्षेत्र विकास समितिले ज्येष्ठ नागरिकहरुका लागि स्वास्थ्य प्रवर्द्धन कार्यक्रम गर्दै आएकाे छ । काठमाडौं महानगरपालिका वडा नम्बर -६ का स्थानीय जेष्ठ नागरिकका लागि समितिले गत महिना नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण कार्यक्रम गरेकाे थियाे ।

उक्त कार्यक्रमबाट छुट भएका ६८ वर्ष उमेर माथीका जेष्ठ नागरिकका लागि पुन: नि:शुल्क स्वास्थ परिक्षण तथा औंषधि वितरण गर्ने सुचना जारी गर्दै समितिकाे कार्यलयमा आफ्नो नाम दर्ता गराउन अनुराेध गरिएको छ ।

ज्येष्ठ नागरिकलाई आवश्यक पर्ने स्वास्थ्य उपचार गरिनुका साथै स्वास्थ्य परिक्षण गरी निःशुल्क औषधि वितरण कार्यक्रम स्तुपा सामुदायिक हस्पिटल चुच्चेपाटीमा आगामी जेष्ठ ३०, ३१ र ३२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

यस्ताखाले कार्यक्रमबाट ज्येष्ठ नागरिकहरुको स्वास्थ्य समस्याको बारेमा सचेतना भई स्वास्थ्य स्याहार तथा स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


प्रतिकृया दिनुहोस्