Skip

Hamro Sanchar

मुलपानी नगर अस्पतालमा शुक्रबार महिलाहरुको नि:शुल्क स्वास्थ्य परिक्षण हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, ९ गते


काठमाडौं, जेठ ९- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत शुक्रबार मुलपानी नगर अस्पतालमा महिलाहरुको नि:शुल्क स्वास्थ्य परिक्षण हुने भएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा र मुलपानी नगर अस्पतालको आयोजनामा उक्त शिविर हुन लागेको हो ।

शिविरमा पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि जाँच, फिस्टुलाको परिक्षण, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध हुनेछन् ।

शिविरमा महिलाहरुको जाँच गर्नुका साथै नि:शुल्क औषधी वितरण गरिने छ । बुधबार वडा नम्बर-६ का अध्यक्ष प्रकाश फुयालले सूचना जारी गर्दै शिविरमा सम्पूर्ण वडाबासी महिला दिदीबहिनीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।

महिलाहरुको स्वास्थ्यको अवस्था कमजोर देखिएकाले नगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको नगर उपप्रमुख शान्ता थापाले बताइन् । यसका साथै आफुहरुले गर्भवती र सुत्केरीलाई घरदैलो मार्फत भेट गरि षोषणयुक्त खानेकुराको प्रयोगमा अग्रसर गराउदै आफु र बच्चाको स्वास्थ्यको हेरचाहमा प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको उपप्रमुख थापाको भनाई छ ।

बिहान १० बजेदेखि संचालन हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्