
काठमाडौं, जेठ १- कागेश्वरी मनोहरा नगरपालिकाकी उपमेयर शान्ता थापाको पहलमा ३ दिनकी सुत्केरी महिलाको उद्धार गरिएको छ ।
नगरपालिकाको वडा नम्बर-६ आर्याल गाउँ नजिक गलैंचा कारखानामा कार्यरत ३ दिनकी सुत्केरी र नवजात शिशुको उद्धार गरिएको हो । सुत्केरी र नवजात शिशुको उद्धार गरि मंगलबार (आज) मुलपानी नगर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
सुत्केरी महिला र नवजात शिशु बिरामी अबस्थामा रहेको खबर पाएपछि उपमेयर थापासहितको स्वास्थ्यकर्मीको टोली उनि बसोबास गर्दै आएको स्थानमै पुगेका थिए ।
चेकजाँच गर्दा शिशुलाई उच्च ज्वरो आएको र आमाको दुध चुस्नसमेत नसकेको अबस्थामा रहेकोले नगरपालिकाकै एम्बुलेन्समार्फत उनिहरुलाई मुलपानी अस्पतालमा भर्ना गरि उपचार थालिएको स्वास्थ्य शाखामा कार्यरत लक्ष्मी कोइरालाले हाम्रोसंचारलाई जानकारी दिइन् ।
उपचाररत सुत्केरी महिलाको आर्थिक अवस्था कमजोर भएकाले बच्चा र महिलाको लागि कपडा र ब्ल्याकेट उपमेयर थापाले प्रदान गरेकी छन् । 





















