Skip

Hamro Sanchar

एमाले अध्यक्ष ओली अचानक अस्वस्थ, गाउँपालिका भवन उद्घाटन कार्यक्रम स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ३१ गते


काठमाडौं, बैशाख ३१- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अचानक अस्वस्थ भएपछि बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम स्थगित भएको छ ।

अध्यक्ष ओलीको सचिवालयकाअनुसार उनलाई रुघा लागेको छ । अध्यक्ष ओली निवासमै आराम गरिरहेका छन् ।

ओलीले सोमबार गाउँपालिका भवन उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जैसवालकाअनुसार अब आउँदो जेठ ४ गते भवनको उद्घाटन गरिने छ ।


प्रतिकृया दिनुहोस्