
काठमाडौं, बैशाख २५- गायिका मेनुका पौडेलको आँखाको सफल शल्यक्रिया गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठानमा उनको आइतबार अकुप्लाष्टिक शल्यक्रिया गरेको हो ।
अस्पतालका अनुसार यो शल्यक्रिया आँखाको संरचना मिलाउन मात्रै गरिएको हो । यसपछि पनि उनको दृष्टि भने फर्किने सम्भावना निकै कम छ ।
हाललाई शल्यक्रिया सफल भएको र निको हुन ६ साता लाग्ने बताइएको छ । यो शल्यक्रियापछि मेनुकाको आँखाको संरचना सामान्य जस्तै देखिनेछ भने चस्मा लगाउनुपर्ने छैन ।


















