Hamro Sanchar

कुनैपनि पालिकाका बिरामीले सिफारिस ल्याए काठमाडौँ महानगरले नि:शुल्क सेवा उपलब्ध गराउने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १६ गते


Advertisement

काठमाडौं, बैशाख १६- काठमाडौँ महानगरपालिकाले देशका कुनैपनि पालिकाका बिरामीहरूलाई सेवा उपलब्ध गराउने भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेपालको जुनसुकै पालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूलाई निःशुल्क उपचारको सेवा उपलब्ध गराउने बताएका छन् ।

उनले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आएमा सेवा उपलब्ध गराउने बताएका हुन् ।

उनले भनेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

उनले काठमाडौँ महानगर स्वास्थ्य विभागको ११८० नम्बरमा सेवाका लागि सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्