Hamro Sanchar

आलापोट स्वास्थ्य चौकीमा शनिबार ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १३ गते


Advertisement

काठमाडौं, बैशाख १३- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ मा शनिबार मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम हुने भएको छ ।

‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’को बार्षिक कार्यक्रम अन्तर्गत आलापोट स्वास्थ्य चौकीमा उक्त कार्यक्रम हुने भएको हो ।

ज्येष्ठ नागरिकको सम्मान गर्दै नगरपालिकाले बार्षिक कार्यक्रममै समावेश गरेर विशेषज्ञसहितको स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

वडाअध्यक्ष सुरज खड्काले एक सूचना जारी गर्दै वडामा बसोबास गर्ने ६० बर्ष वा सो भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई उमेर खुल्ने कागजात, यसअघि औषधी खाने गरेका वा जाँच गराइरहेको भए सो को रिपोर्टसहित सेवा लिन आउनु हुन अनुरोध गरेका छन् ।

स्वास्थ्य सेवा कार्यक्रममा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवा र निशुल्क स्वास्थ्य विमा(७० बर्षमाथिकाले नागरिकता ल्याउनुपर्ने) लगायतका सेवाहरु नि:शुल्क उपलब्ध हुनेछन् ।

स्वास्थ्य कार्यक्रम बिहान १० बजदेखि ४ बजेसम्म संचालन हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्