आज : २०८१ आश्विन १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहरा ८ मा भोलि नि:शुल्क स्वास्थ्य शिविर, जेष्ठ नागरिकले पाउनेछन् यी सेवाहरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, ७ गते


Advertisement

काठमाडौं, बैशाख ८- कागेश्वरी मनोहरा नगरपालिका-८ मा भोलि नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत वडा कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

ज्येष्ठ नागरिकको सम्मान गर्दै विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन वडाअध्यक्ष हरिभक्त पुडासैनीले जानकारी दिए ।

वडामा बसोबास गर्ने ६० बर्ष वा सो भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरुलाई उमेर खुल्ने कागजात, यसअघि औषधी खाने गरेका वा जाँच गराइरहेको भए सो को रिपोर्टसहित सेवा लिन आउनु हुन वडा कार्यालयले अनुरोध गरेको छ ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवा र निशुल्क स्वास्थ्य विमा(७० बर्षमाथिकाले नागरिकता ल्याउनुपर्ने) लगायतका सेवाहरु नि:शुल्क उपलब्ध हुनेछन् ।

स्वास्थ्य सेवा कार्यक्रम वडा कार्यालय परिसर तथा शहरी स्वास्थ्य केन्द्र भवन तेजविनायकमा बिहान १० बजदेखि ४ बजेसम्म संचालन हुने बताइएको छ ।


प्रतिकृया दिनुहोस्